नेतृत्व विकासमा प्राज्ञिक परिषद्

पाेखरा | असार १०, २०७९

नेतृत्व विकासमा प्राज्ञिक परिषद्


पोखरा :   प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल पृथ्वीनारायण क्याम्पस इकाई समितिले   दुई दिवसीय जीवनोपयोगी सीपमा आधारित व्यक्तित्व विकास तथा नेतृत्व विकास प्रशिक्षण तालिम सञ्चालन गरेको छ । 

 

दुई दिन चल्ने यस तालिमको पहिलो दिन ४० जना बढि विद्यार्थीको सहभागिता रहेको थियो । पृथ्वीनारायण क्याम्पस परिसरमा  प्राज्ञिक राष्ट्रिय सह संगठन सचिव रमेश कडेलले प्रशिक्षण दिए भने क्याम्पस इकाई सह संयोजक  देवी शिर्पालीले सहजिकरण गरिन् ।   

 

 कार्यक्रमका बोल्दै प्रमुख अतिथि  विद्यार्थी कल्याण शाखा प्रमुख बोधराज ढकालले नेतृत्व विकासको बारेमा प्रस्टाए । प्राज्ञिककै अर्की छात्रा  क्याम्पस इकाई समितिका सचिव आशामाया मगरले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यको बारेमा व्याख्या गरे । 

 

यसै गरि तालिम प्रशिक्षक कडेलले आत्मा जागरण, अनुभुति, प्रभावकारी सञ्चार र अन्तर्वैयक्तिक सम्बन्धको बारेमा चर्चा गर्दै विद्यार्थीहरुलाई खेलको माध्यमद्वारा  मनोरञ्जन पनि गराए ।

 
कडेलले भने ‘तिमि आफुलाई जान्न खोज कि तिमि को हौ , तिमि किन छौँ ।’ जिवनमा तिमिले क्षमता, कमजोरी ,अवसर र चुनौतीलाई पहिचान गर्ने सामर्थ  राख्नू पर्दछ । यो नै तिम्रो जिवनको सफलता हो । 

 

कार्यक्रमको सञ्चालन क्याम्पस छात्रा प्रमुख विप्लवि न्यौपानेले गरेका थिए ।

 

काठमाडौं:   निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय सुझावका लागि सार्वजनिक गरेको निर्वाचन आचारसंहिता– २०८२ मा केही नयाँ व्यवस्था ...

थप पढ्नुहोस्

पोखरा:  लेखनाथ उद्योग वाणिज्य सङ्घले गण्डकी प्रदेशमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण कार्यलाई प्राथमिकता दिन माग गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ज्ञापनपत्र बुझाएको छ । सङ्घकी अध्यक्ष...

थप पढ्नुहोस्

काठमाडौं:  नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा सोमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म ...

थप पढ्नुहोस्